Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विश्वविद्यालयमा हामी आफैँ राजनीतिक भागबण्डाका निम्ति दौडिरहेका हुन्छौँ - प्रधानमन्त्री प्रचण्ड

विश्वविद्यालयमा हामी आफैँ राजनीतिक भागबण्डाका निम्ति दौडिरहेका हुन्छौँ - प्रधानमन्त्री प्रचण्ड

आर्थिक पत्र
सोमवार, पौष २ २०८०
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् ।

    सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको बताए ।

    उनले राजनीतिक नेतृत्व नै विश्वविद्यालयमा भागबन्डा र दाउपेचका लागि दौडिने प्रवृत्तिबारे सोच्ने बेला भएको बताए । ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ? एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ ।’उनले भने । 

    विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताए । उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्ने बताए । सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै विश्वविद्यालयले यस यथार्थलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार