Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द

त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द

आर्थिक पत्र
आइतवार, पौष २२ २०८०
  • उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी जारी गरेको खुल्ला दरखास्त रद्द भएको हो ।

    पुस २० गते शुक्रबार सूचना जारी गरेर उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको अर्को सूचना निकालिएको छ ।

    शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेश गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

    विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यायमा राजनीतिक भागबण्डा अन्त्य गर्ने प्रतिवद्धता अनुसार खुला दरखास्त आह्वान गर्न लगाएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार