Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आन्तरिक हवाइ भाडा दर बढ्याे, कहाँ जान कति लाग्ने ?

आन्तरिक हवाइ भाडा दर बढ्याे, कहाँ जान कति लाग्ने ?

आर्थिक पत्र
बिहिवार, आषाढ २३ २०७९
  • काठमाडौं। निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर बढाएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर भाडादर वृद्धि गरेको हाे।

    निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । यसरी बिहीबारबाट लागु हुने गरी हवाई इन्धनको नयाँ मूल्य १९० रुपैयाँ तोकिएको छ।  

    संघले नयाँ भाडादर सार्वजनिक गर्दै काठमाडौंदेखि पोखराको भाडा ८० रुपैयाँले बढाएर ६ हजार ९८५ रुपैयाँ पुर्याएको छ। यसैगरी, काठमाडौंदेखि नै भैरहवासम्मको भाडा १०० रुपैयाँले बढेर ८ हजार ६७५ रुपैयाँ, नेपालगञ्जको १६५ रुपैयाँले बढ्दा १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारसम्म पुगदा ९५ रुपैयाँ बढि ८ हजार २०५ रुपैयाँ र सिमरा ४५ रुपैयाँले बढाएर ४ हजार २४० रुपैयाँ कायम गरेकाे छ ।

    अब काठमाडौंदेखि धनगढीसम्म विमानमा जाँदा २२० रुपैयाँले बढेर १७ हजार २५ रुपैयाँ तिर्नुपर्नेछ। संघका अनुसार माउन्टेन फ्लाइटमा १७० रुपैयाँले भाडादर बढ्दा १४ हजार ८९० रुपैयाँ पर्ने भएकाे छ ।

    यसैगरी, काठमाडौंदेखि सुर्खेतसम्मकाे भाडा १७० रुपैयाँले बढेर १४ हजार ९९५ रुपैयाँ पुगेकाे छ । काठमाडौंदेखि नै राजविराजसम्म पुग्दा अब एक सय रुपैयाँ धेरै तिरेर ८ हजार ७५५ रुपैयाँ तिर्नुपर्छ।

    त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्म जाँदा १५० रुपैयाँ बढि तिर्नुपर्नेछ । सो रुटको भाडा १२ हजार ९५५ रुपैयाँ लग्ने भएकाे हाे । काठमाडौंदेखि विराटनगर जाने भाडा १२५ रुपैयाँले बढेर १० हजार २०५ रुपैयाँ लाग्नेछ ।

    यस्तै, काठमाडौंबाट जनकपुरसम्म जान ५ हजार ८६० रुपैयाँ लाग्ने भएकाे छ । साे रूटमा पुरानाे भाडादरमा ६५ रुपैयाँले वृद्धि भएकाे हाे । अब, काठमाडौंदेखि भरतपुरसम्म यात्रा गर्दा ४,९९० रुपैयाँ तिर्नुपर्छ । भरतपुरसम्म जाने भाडामा ५५ रुपैयाँले थप गरिएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार