Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रधानमन्त्री देउवा र मोदीले गरे नेपाल रेल्वेको उद्घाटन

प्रधानमन्त्री देउवा र मोदीले गरे नेपाल रेल्वेको उद्घाटन

शनिवार, चैत्र १९ २०७८
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो । 

    जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सम्बोधन गर्ने कार्यक्रम छ । 

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाका अनुसार सर्वसाधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने छ । 

    भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म  ३२  किलोमिटर रेल सञ्चालन हुन लागेको हाे । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार