Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम' का लागि ८७ करोड बजेट

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम' का लागि ८७ करोड बजेट

आर्थिक पत्र
मंगलवार, जेठ १५ २०८१
  • काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् ।

    मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

    राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिईन् ।

    आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार