Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्याे आज सुनचाँदीको भाउ

घट्याे आज सुनचाँदीको भाउ

मंगलवार, आषाढ २८ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी आज चाँदी पनि घटेको छ । सोमबार प्रतितोलामा एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार १० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार