Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने

एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने

आर्थिक पत्र
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ। 

    images

    आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३  देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा तालिका  सोमबार सार्वजनिक गर्ने बोर्डले बताएको छ। 

    यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी)आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो। 

    गत बिहीबार एसईईको नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार