Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

आर्थिक पत्र
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

    बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले 'आजै नतिजा सार्वजनिक गर्ने' निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।  

    बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

    देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार