Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images
एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, चैत्र २१ २०७८
  • काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बसेको बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । 

    सो सभाले सञ्चालक समितिको ५१२औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

    बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सो बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । 

    उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई बैंकको प्रगतिमा पु-याएको अतुलनीय योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयनसमेत गरेको छ । 

    यो बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार