Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्त्री-२ ५०० करोड क्लबमा

स्त्री-२ ५०० करोड क्लबमा

आर्थिक पत्र
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ ।

    फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाई गरेको छ ।  फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाई गरेको थियो ।

    फिल्मले रिलिजको पहिलो साता ३०७ करोड ८० लाख कमाएको थियो भने दोस्रो साता १४५ करोड ८० लाख कमाएको थियो । त्यस्तै फिल्मले रिलिजको तेस्रो साता ४८ करोड ७५ लाख कमाई गरेको थियो ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

    अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार