Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कति बेला छ दशैँको टीकाको शुभ साइत ?

कति बेला छ दशैँको टीकाको शुभ साइत ?

आर्थिक पत्र
शनिवार, आश्विन ५ २०८१
  • काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।

    समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ ।

    साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।

    Dashain.jpg-1726884383.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार