Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बलिवुडको धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर अदार पूनावालाले किने

बलिवुडको धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर अदार पूनावालाले किने

आर्थिक पत्र
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सनमा अदार पूनावाला आधा सेयर होल्डर हुने भएका छन् ।

    अदार पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको हो ।

    अदार पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् । यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेको धर्म प्रोडक्सनले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    धर्मा प्रोडक्सनले अदार पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्माटिक इन्टरटेनमेन्ट (संयुक्त रूपमा धर्म भनेर चिनिने) मा एक-एक हजार करोड रुपैयाँ लगानी गरेको बताएको छ ।

    करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो । २,००० करोडको लगानीमा, सिरिन प्रोडक्सनको धर्मा प्रोडक्सनमा अब ५० प्रतिशत हिस्सेदारी छ । बाँकी ५० प्रतिशत सेयर करण जोहरको रहेको नै हुने छ ।

    कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्ने बताइएको छ ।

    यो सहकार्य भारतीय सिनेमालाई विश्वमा लैजान महत्वपूर्ण कदम हुने धर्मा प्रोडक्सनले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार