Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बीबी एयरवेजले जहाज लिजमा लिएर पुन: उडान गर्ने

बीबी एयरवेजले जहाज लिजमा लिएर पुन: उडान गर्ने

मंगलवार, चैत्र २२ २०७८
  • काठमाडौँ । एक दशकदेखि निष्क्रिय रहेको बीबी एयरवेजले पुनः उडान गर्ने तयारी गरेको छ । कम्पनिले दुईवटा एयरबस-३२० जहाज लिजमा लिएर उडान सुरु गर्ने योजना बनाएको हो । 

    कम्पनीका अध्यक्ष भवन भट्टका अनुसार डेढ अर्ब रुपैयाँ लगानी थपेर सात महिनाभित्र पुनः उडान सुरु गर्ने तयारीका कम्पनी अघि बढेको छ । त्यसका लागि आफ्नो समूहअन्तर्गत रहेको धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बिक्री गर्न लागेको उनको भनाई छ । कम्पनीलाई थप विस्तार गर्नका लागि नयाँ लगानीकर्तासँग पनि छलफल भैरहेको बताइएको छ । 

    सन् २०१२ मा जहाज भाडामा ल्याएर काठमाडौं-मलेसिया उडान सुरु गरेको एयरबेजले सोचेजस्तो फाइदा नभएपछि सन् २०१३ मा उडान बन्द गरेको थियो । उक्त कम्पनि कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रूपमा सञ्चालन आएको थियो तर, टोन्ले सापले लिज पर्चेजमा लिइएको आफ्नो जहाज फिर्ता लिएर गएपछि बीबीका उडान रोकिएका थिए।

    हाल कम्पनीमा बिस्तारै सक्रियता देखिएको छ। बीबीको लाइसेन्स गत फागुन २९ मा नवीकरण पनि भैसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई वर्षभित्र जहाज संख्या दुई पुर्‍याएर उडान सञ्चालन गर्ने सर्तमा अनुमति दिएको जनाएको छ। मन्त्रालयमा कम्पनिले सुरुमा दुई बोइङ-७६७ र तीन एयरबस-३२० सिरिज जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना पेस गरेको छ। कम्पनीलाई पाँच जहाजमार्फत दिल्ली, बैंकक, क्वालालाम्पुर, हङकङ, टोकियो, दोहा, सिंगापुर लगायत गन्तव्यमा उडान सञ्चालन अनुमति दिइएको छ । 


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार