Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनकाे मूल्य बढ्याे,चाँदी घट्याे

सुनकाे मूल्य बढ्याे,चाँदी घट्याे

मंगलवार, चैत्र २२ २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको ९८  हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ भने घटेको छ  । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १० रुपैयाँले गिरावट आएर एक हजार ३४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार