Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आइपिएल अक्सनमा ऋषव र श्रेयसको किर्तिमान

आइपिएल अक्सनमा ऋषव र श्रेयसको किर्तिमान

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन शुरु भएको छ । आइपिएलको मेगा अक्सन यस पटक साउदी अरबको शहर जेद्दामा आज र भोलि दुई दिन हुदै छ ।

    अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषव पन्त आइपिएलको अक्सन इतिहासमा अहिलेसम्मकै महंगो खेलाडी बनेका छन् । उनलाई लखनउ सुपरजाइन्टले २७ करोड भारुमा किनेको छ । त्यस्तै यस अक्सनमा भारतीय खेलाडी श्रेयस अय्यरलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाखमा किनेको छ । 

    यस अघिको आइपिएलका लागि भएको अक्सनमा कोलकोताले अस्ट्रेलियाका बलर मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा किनेको थियो ।  

    अहिलेसम्मको अक्सनमा बिक्री भएका खेलाडी:

    ऋषभ पन्त (भारत): २७ करोड भारु- लखनउ सुपरजाइन्ट 

    श्रेयस अय्यर (भारत):  २६.७५ करोड भारु- पञ्जाव किंग्स  

    अर्शदीप सिंह (भारत): १८ करोड भारु- पञ्जाव किंग्स  

    युजवेन्द्र चहल (अस्ट्रेलिया): १८ करोड- पञ्जाव किंग्स  

    जोस बटलर (इङ्ल्यान्ड): १५.७५ करोड- गुजरात टाइटन्स 

    केएल राहुल (भारत): १४ करोड दिल्ली क्यापिटल्स  

    मोहम्मद सिराज (भारत): १२.२५ करोड- गुजरात टाइटन्स 

    मिचेल स्टार्क (अस्ट्रेलिया): ११.७५ करोड- दिल्ली क्यापिटल्स 

    कागिसो रबाडा (दक्षिण अफ्रीका): १०.७५ करोड गुजरात टाइटन्स 

    मोहम्मद शामी (भारत): १० करोड सनराइजर्स हैदरावाद 

    लियम लिभिङस्टोन (इङल्याण्ड): ८.७५ करोड रोयल च्यालेंजर्स बैन्ग्लुरु 

    डेभिड मिलर (दक्षिण अफ्रीका): ७.५ करोड- लखनउ सुपर जाइन्ट

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार