Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी !

धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी !

आर्थिक पत्र
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौ । नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ। 

    images

    यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठूलो माग छ ।

    यसमा भारत, चीन र बंगलादेशलगायत धेरै अफ्रिकी र एशियाली देशहरू समावेश रहेका छन्।

    विश्व जनसंख्या समीक्षाको २०२४ को प्रतिवेदन अनुसार पश्चिम अफ्रिकी देश गाम्बियाले विश्वमा सबैभन्दा बढी चामल उपभोग गर्दछ। यहाँ सन् २०२१ मा प्रतिव्यक्ति ३७८.८८ किलो चामल वर्षभर खपत भएको थियो ।

    गाम्बिया पछि पूर्वी अफ्रिकी देश कोमोरोसमा चामल सबैभन्दा बढी खपत हुन्छ। कोमोरोस देशमा चामलको प्रतिव्यक्ति खपत प्रति वर्ष २९५ किलोग्राम हुन्छ ।

    म्यानमारमा चामलको वार्षिक खपत प्रतिव्यक्ति २७०.८ किलोग्राम र बंगलादेशमा प्रतिव्यक्ति २६३ किलोग्राम रहेको छ।

    चीनमा एक वर्षमा प्रतिव्यक्ति १२८.९९ किलो चामल खपत हुने गरेको छ भने भारतमा प्रतिव्यक्ति चामलको वार्षिक खपत १०४.२९ किलोग्राम छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार