Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय

‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय

आर्थिक पत्र
सोमवार, मंसिर १७ २०८१
  • मुम्बइ । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः दी रूल’ रिलिज हुन अब तीन दिन मात्रै बाँकी छ ।

    यस्तो अवस्थामा यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । सबैजना फिल्म रिलिजको पर्खाइमा छन् तर अब भने फिल्मको रिलिजले दर्शकको खल्तीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

    ‘पुष्पा २’ को टिकट महँगो भएकाले जनताले ठुलो रकम तिर्नु पर्ने स्वभाविकै हुन पुगेको छ ।

    चलचित्र ‘पुष्पा २ः दी रूल’ को टिकट मूल्य ह्ववात्तै बढेको छ । वास्तवमा, फिल्मको टिकट मूल्य बढाउने कुरा सुनिएको थियो तर सायद २ हजार रुपैयाँ नाघ्छ भन्ने मानिसले सोचेका थिएनन् । 

    दिल्ली र मुम्बईका केही थिएटरमा हिन्दीमा यो फिल्म हेर्नका लागि मानिसले २ हजार रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको भए पनि टिकटको मूल्य वृद्धिले दर्शकको खल्तीमा प्रत्यक्ष असर पारेको छ ।

    उल्लेखनीय छ, ‘पुष्पा २ः दी रूल’ लाई लिएर मानिसमा फरक उत्साह छ र फिल्मको बढ्दो मागलाई मध्यनजर गर्दै अधिकांश स्थानमा यसको टिकटको मूल्य प्रिमियम रहेको छ । यस मामिलामा दिल्लीको पिभिआर निर्देशकको कट सबैभन्दा अगाडि छ, जहाँ हिन्दी टु डी संस्करणको टिकटको मूल्य २४०० रुपैयाँ तोकिएको छ।

    मुम्बईको पीभाआरः जिओ वर्ल्डमा यसको टिकट मूल्य २१ सय रूपैया तोकिएको छ । तर यी प्रिमियम थिएटरहरू हुन्, जहाँ टिकटको मूल्य सामान्यतया नियमित भन्दा बढी हुन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार