Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल प्रहरीमा खुल्यो १२ सय २३ जनाको जागिर

नेपाल प्रहरीमा खुल्यो १२ सय २३ जनाको जागिर

आर्थिक पत्र
शुक्रवार, मंसिर २१ २०८१
  •  काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ । जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो ।

    नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा ११ सय ६५ पदमा भर्ना खुलाएको हो। सूचनामा ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ।  

    नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ ।

    त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ ।   

    यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।

    सूचना

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार