Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पुष्पाः २ को विश्वब्यापी कलेक्सन ८०० करोड नाघ्यो, बलिउडको सबै रेकर्ड ध्वस्त

पुष्पाः २ को विश्वब्यापी कलेक्सन ८०० करोड नाघ्यो, बलिउडको सबै रेकर्ड ध्वस्त

आर्थिक पत्र
सोमवार, मंसिर २४ २०८१
  • मुम्बइ । पुष्पाः२ ले बक्स अफिसमा राज गरिरहेको देखिन्छ। 

    चलचित्रले हरेक नयाँ दिनसँगै नयाँ र कीर्तिमानी कलेक्सन गरिरहेको बेला चलचित्रले धेरै सुपरहिट चलचित्रको लाइफटाइम कलेक्सनलाई पल पलमै पछाडि पारिरहेको छ ।

    अल्लु अर्जुन, रश्मिका मण्डन र फहद फासिलको पुष्पाः २ को चार दिनको कमाई हेर्दा यो भन्न सकिन्छ, जसले नयाँ बेन्चमार्क स्थापित गर्दैछ। यो आंकडा पहिलो सप्ताहन्तमा विश्वव्यापी रूपमा ८०० करोड नाघेको छ, जुन भारतमा पहिलो पटक भएको हो।

    यो किर्तिमानीसँगै फिल्मले आइतबार मात्रै हिन्दीमा ८६ करोड रुपैयाँ कमाएको थियो । अचम्मको कुरा के छ भने पुष्पाः २ को मूल भाषा तेलुगुको कमाई हिन्दी भन्दा कम भएको छ । पुष्पा २ः द रुलले पहिलो दिन ७२ करोड रुपैयाँमा ओपनिङ गरेपछि दोस्रो दिन ५९ करोड रुपैयाँमा आफ्नो गति कायम राखेको छ । यो तेस्रो दिनमा ७४ करोड पुग्यो, यसलाई भारतीय सिनेमामा सबैभन्दा ठूलो सप्ताहन्त सङ्कलन भएको फिल्महरू मध्ये एक बन्न पुगेको छ ।

    बक्स अफिस ट्रयाकर सैकनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार पुष्पााः २ ले पहिलो ३ दिनमा असाधारण ६२१ करोड कमाएर ऐतिहासिक उपलब्धि हासिल गर्ने पहिलो भारतीय चलचित्र बनेको छ । जबकि फिल्मले आइतवारको अविश्वसनीय ८६ करोड कलेक्शनको साथ अहिलेसम्मकै उच्च सङ्कलन गरेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार