Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

वीरगंज महानगरले दैनिक ज्यालादारी कर्मचारी हटाउँदै

वीरगंज महानगरले दैनिक ज्यालादारी कर्मचारी हटाउँदै

आर्थिक पत्र
शनिवार, मंसिर २९ २०८१
  • बिरगञ्ज । वीरगंज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ।

    images

    महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुसी ज्यालादारीमा खटाइएका कर्मचारीलाई अबदेखि काममा नखटाउन र डोर हाजिरी प्रमाणित नगर्न निर्देशन दिएको छ।

    महानगरको प्रशासन शाखाका अनुसार यसपटक २४५ जना दैनिक ज्यालादारीका कर्मचारी हटाइनेछन्। महानगरका प्रमुख कार्यकारी अधिकृत अरविन्दलाल कर्णले साउन महिनादेखि नै सबै ज्यालादारी कर्मचारीलाई हटाउन निर्देशन दिइसकेको जानकारी दिए।

    मासिक तलबभत्ता दिन असमर्थ

    महानगरका अनुसार अहिले आर्थिक अभावका कारण दैनिक ज्यालादारी कर्मचारीलाई मासिक तलबभत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको छ।

    प्रमुख कार्यकारी अधिकृत कर्णले भने, “महानगरसँग आर्थिक भार थेग्न सक्ने अवस्था नभएकाले सबै वडालाई पुनः पत्राचार गरी यो निर्णयबारे जानकारी गराइएको छ।”

    यसअघि, महानगरले झण्डै ७०० जना ज्यालादारी कर्मचारीलाई हटाइसकेको थियो। हाल महानगरले आफ्नै कानून निर्माण गरी, कुन स्थानमा दैनिक ज्यालादारी कर्मचारी खटाउन सकिने भन्ने विषयलाई स्पष्ट पारेको छ।

    महानगरको नयाँ नीति महानगरले निर्माण गरेको नयाँ कानूनी संरचनाअनुसार अब महानगरले आवश्यकताअनुसारमात्र कर्मचारी खटाउने निर्णय गरेको छ। कर्णले भने अब कानूनी दायराभित्र रहेर मात्रै महानगर अघि बढ्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार