Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाली शिक्षा परिषद्को अध्यक्षमा पुनः रमा शर्मा

नेपाली शिक्षा परिषद्को अध्यक्षमा पुनः रमा शर्मा

आर्थिक पत्र
शनिवार, मंसिर २९ २०८१
  • काठमाडौं। बितेको ७३ वर्षदेखि निरन्तर सक्रिय संस्था नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न भएको छ।

    शुक्रबार काठमाडौंस्थित परिषद् (लेखनाथ साहित्य सदन)को सभाकक्षमा आयोजित साधारण सभाले साहित्यकार रमा शर्मालाई पुनः अर्को तीन वर्षका लागि प्रबन्ध समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

    सभाले सदस्यसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा शंकरप्रसाद पाण्डे र सदस्यहरूमा डा. इन्दिरा शर्मा, किरण थापा, डा. बमबहादुर थापा जिताली र रमेश खकुरेललाई सर्वसम्मत चयन गरेको छ।

    साधारण सभामा सदस्यसचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन सभाले पारित गरेको छ।
    परिषद्की अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्को विगत र त्यसले गरेको कामको चर्चा गर्दै आफूहरूले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताइन्।

    वि.सं. २००८ सालमा स्थापित परिषद्ले हरेक वर्ष आदिकवि भानुभक्त पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार र लेखनाथ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार