Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिभुवन विश्वविद्यालयमा ८ जना डिन नियुक्त

त्रिभुवन विश्वविद्यालयमा ८ जना डिन नियुक्त

आर्थिक पत्र
आइतवार, मंसिर ३० २०८१
  • काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका

    डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा एक जनाको नियुक्ति गरिएको हाे।

    बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ।

    प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

    यी हुन् नवनियुक्त डिन

    १ः वन विज्ञान अध्ययन संस्थानः ठाकुर सिलवाल

    २ः चिकित्साशास्त्र अध्ययन संस्थानः डा. मोहनराज शर्मा

    ३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानः डा. द्धिविनन्द ढकाल

    ४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य

    ५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे

    ६ः इन्जिनियरिङ अध्ययन संस्थानः डा. सुशीलवहादुर बज्राचार्य

    ७ः विज्ञा तथा प्रविधि अध्ययन संस्थानः डा. शंकर खनाल

    ८ः कृषि तथा पशुविज्ञान अध्ययन संस्थानः डा. किशोरचन्द्र दाहाल

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार