Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा

आर्थिक पत्र
शनिवार, पौष ६ २०८१
  • काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुरले फिल्डिङको निम्तो पाएको छ ।

    सुदूरपश्चिम अङ्क तालिकामा १२ अंकसहित शीर्ष र जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

    एनपीएलको विजेताले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँने छ । दोस्रो टोलीले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार