Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता

आर्थिक पत्र
शनिवार, पौष ६ २०८१
  • काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ ।

    सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । 

    त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । 

    आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।्

    पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो ।

    आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो ।

    सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।

    सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।

    त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।

    उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३(३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १(१ विकेट लिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार