Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अल्लु अर्जुन र पुष्पा निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने

अल्लु अर्जुन र पुष्पा निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने

आर्थिक पत्र
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिला र उनका घाइते छोरालाई २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ ।

    अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।

    उनले भने , “अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै निको भएर हामीकहाँ आउन् ।”

    उनले थप भने, “परिवार र त्यो बच्चालाई सहयोग गर्न हामीले २ करोड दिने निर्णय गरेका छौं। १ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्।”

    फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार