Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

आर्थिक पत्र
आइतवार, पौष १४ २०८१
  • बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग  आर्थिक सङ्कटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो।

    images

    उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ। आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले  बताए।

    उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो। उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ। “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उनले भने।

    आर्थिक अभावका कारण यसअघि  पनि दुई महिना उद्योग बन्द भएको थियो। गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको  उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार