Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पहिलोपल्ट स्तन क्यान्सरको वंशाणुगत परीक्षणमा सफलता

पहिलोपल्ट स्तन क्यान्सरको वंशाणुगत परीक्षणमा सफलता

आर्थिक पत्र
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं। मुलुकमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफलता मिलेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार  अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि यस्तो परीक्षणका निम्ति नमुना भारत पठाउनुपर्ने बाध्यता थियो। प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने जनाइएको छ। योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमुना परीक्षण नियमित गर्नेछ।

    भारतमा स्तन क्यान्सरको वंशानुगण नमुना परीक्षणका लागि ६० हजार लाग्ने गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजारमा हुने स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार