Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

आर्थिक पत्र
बुधवार, पौष १७ २०८१
  • काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

    विभागका अनुसार बुधबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ। 

    बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हुस्सुबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार