Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

आर्थिक पत्र
बुधवार, पौष १७ २०८१
  • काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अमेरिका पठाइदिने भन्दै उनीहरूले पीडितहरूबाट ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

    रकम लिएर फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए। उनीहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार