Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं – सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको छ ।

    सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानमा नयाँ भर्ना खुलेको हो।

    सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

    यसै गरी कुचीकार १९ जना, भान्छे २०, सूचिकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना आवश्यक रहेको सूचनामा उल्लेख छ । पुस २४ गतेदेखि माघ २४ गतेसम्म दरखास्त दिन सकिने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार