Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजको मौसमः चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने

आजको मौसमः चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने

आर्थिक पत्र
मंगलवार, माघ १ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी  न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया  सफा रहेको छ ।

    दिउँसाे कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ भने तराई र पहाडी क्षेत्रमा क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने अन्यको मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार