Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

आर्थिक पत्र
बुधवार, माघ २ २०८१
  • काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।

    स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्षको लागि सम्झौता नवीकरण गर्ने बताएका छन् ।

    रोनाल्डोको अल नासरमा यसै बर्षको जुन ३० सम्म मात्र सम्झौता रहेको थियो । यो सम्झौता नवीकरण भएपछि रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको रूपमा स्थापित हुनेछन् ।

    रोनाल्डो जनवरी २०२३ मा अल नासरमा अनुबन्ध भएका थिए । रोनाल्डोको आगमनसँगै विश्व फुटबलका धेरै सुपरस्टार खेलाडीहरु साउदी प्रो लिगमा पुगेका थिए । अहिले रोनाल्डोसहित करिम बेन्जमा, नेइमार जस्ता खेलाडी साउदी लिगमा रहेका छन् । 

    रोनाल्डोले अल नासरसँग प्रतिसिजन २१० मिलियन अमेरिकी डलरभन्दा बढीको सम्झौता गर्न लागेको बताइएको छ ।

    आफ्नो क्यारियरको अन्त्य तिर रहेका रोनाल्डोले अझै केहि बर्ष सक्रिय फुटबल खेल्ने संकेत गरेका छन् । रोनाल्डो फेब्रुअरी ५ मा ४० बर्षका हुदै छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार