Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधवार, चैत्र २३ २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८  हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि घटेको छ  । मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले गिरावट आएर एक हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार