Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच समन्वय गर्ने सहमति

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच समन्वय गर्ने सहमति

आर्थिक पत्र
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ ।  सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच विभिन्न विषयमा समन्वय गर्ने सहमति भएको छ ।आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा आपूर्ति सहमति बनेको हो।

    सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न चार वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरूबीच भएको छलफलमा औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा हातेमालो गर्ने सहमति बनेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।

    उक्त सहमति बमोजिम सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिनेछ ।सो अवसरमा उद्योगहरूमा भइरहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङ्लाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयको तर्फबाट वातावरण बनाउने विषयमा समेत समझदारी बनेको छ ।

    साथै, सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन् गरी आ-आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्नेसमेत सहमति भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार