Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

आर्थिक पत्र
सोमवार, माघ ७ २०८१
  • मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका- ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन्।

    गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसँगै धार्मिक पर्यटकरुको आवागमन बढेको हो।

    मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ। उनले भने,’यहाँ मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्,पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो।’

    यहाँको सुन्दर दृष्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पूजारी गुरुङको भनाइ छ। उनका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको ईच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ।

    फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे देख्न सकिन्छ।

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनःनिर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए । उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ।

    पूजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ। यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको उनले बताए ।

    मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंबदन्ती छ। ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ ।

    अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ। मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएका छन् ।

    मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको छ । भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको पूजारी गुरुङले जानकारी दिए । फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरु मन्दिर पुग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार