Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अब धनगढीमा पनि नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको सेवा विस्तार

अब धनगढीमा पनि नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको सेवा विस्तार

आर्थिक पत्र
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गर्दै १ माघ २०८१ देखि धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ ।

    यस क्लिनिकको स्थापना क्यान्सर रोगीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनका लागि गरिएको हो। धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेर, धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन् ।

    धनगढी-१, हस्पिटल लाइनमा अवस्थित यो क्लिनिकले परामर्श, उपचार र फलोअप सेवाहरू प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार