Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गाडी आयात रोक्नेबारे छलफलमा जुट्याे नाडा

गाडी आयात रोक्नेबारे छलफलमा जुट्याे नाडा

बुधवार, चैत्र २३ २०७८
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिलासिताको वस्तु भन्दै गाडीलाई लक्षित गरेर आयातमा कडाइ गर्ने रणनीति लिएपछि अटो मोबाइल एशोसिएशन (नाडा) छलफलमा जुटेको छ । 

    नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार विदेशी सञ्चिती घट्दै गएको भन्दै राष्ट्र बैंकले गाडी आयात रोक्ने विषय उठाएसँगै नाडाले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको हो । तर, गाडी आयात रोक्ने विषयमा आधिकारिक लिखित पत्र नआएको र बैंकहरूमा पनि कस्तो वस्तु आयात गर्न नपाउने हो भन्ने अन्यौलता भएकाले अहिले नै कुनै निर्णय भने नलिएको उनले जानकारी दिए ।

    आयात रोकिएमा गाडीको मूल्य अत्यधिक बढ्ने र मुलुकको अर्थतन्त्रमा पनि असर पर्ने उनको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार