Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एचपीभी अब नियमित खोप तालिकामा, १० वर्षका सबै बालिकाले पाउने

एचपीभी अब नियमित खोप तालिकामा, १० वर्षका सबै बालिकाले पाउने

आर्थिक पत्र
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । सरकारले पाठेघरको क्यान्सरविरुद्धको खोपलाई नियमित खोप तालिकामा समावेश गरेको छ । योसँगै आगामी वर्षदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप सबै १० वर्षका बालिकालाई दिइनेछ ।
     
    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोप नियमित खोप तालिकामा समावेश गरिएको जानकारी दिए । “आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालयबाहिर रहेका १० वर्षका बालिकालाई नियमित खोपमार्फत हरेक वर्ष एचपीभी खोप दिनेछौँ,” उनले भनेका छन् ।
     
    यही माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई अभियानमार्फत यो खोप दिइँदै छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार