Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, मन्त्री कार्कीले गरे उद्घाटन

बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, मन्त्री कार्कीले गरे उद्घाटन

आर्थिक पत्र
आइतवार, माघ २७ २०८१
  • बुटवल । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको सिद्धार्थ कटेजको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् । सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै  गौरब भएको बताए ।

    कटेजमा हाल यस क्षेत्रकै उत्कृस्ट र सुबिधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधा सहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष  लक्ष्मण न्यौपानेले जानकारी दिए ।

    योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । “यसअघि बुटवलको चौराहमा बिगत १३ बर्ष देखी सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ”, न्यौपानेले भने ।

    करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए ।

    उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जना बढिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए । हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने र धोबिघाट, बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

    सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेलगायतका ब्राण्ड सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार