Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

‘स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक’

‘स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक’

आर्थिक पत्र
सोमवार, माघ २८ २०८१
  • चितवन। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. विजुकुुमार थपलियाले कक्षा १२ अध्ययनपछि विदेश जाने प्रचलनले नेपालका कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताएका छन्। यहाँस्थित श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजको १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई आकर्षित गर्न अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

    images

    उपकुलपति प्राडा थपलियाले भने “विद्यार्थी आकर्षित गर्न नयाँ नयाँ कार्यक्रम ल्याउँदैछौंँ ।” अहिलेको चुनौती नै विद्यार्थी सङ्ख्या बढाउनु रहेको बताए । उनले भने “फ्याकेल्टी ९सङ्काय० विकासमा पनि लागिरहेका छौंँ ।”

    कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र सङ्कायका डिन डा शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धानपत्र प्रकाशित गर्ने महत्वपूर्ण कामको सुरुवात गरेकोमा प्रशंसा गरे ।

    सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले स्वास्थ्यजनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उनले बताए।

    कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले विसं २०६३ मा भाडाको घरबाट सुरु गरिएको कलेज आज आफ्नै सुविधासम्पन्न भवनमा रहेको जानकारी दिए। भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिँदै उनले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिँदै आएको बताए।

    हाल दुई सय ९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीइभिटीका कार्यक्रम अध्ययन गरिरहेको जनाउँदै उनले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताए।

    सो अवसरमा नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा निर्मल लामिछाने, कलेजका प्रिन्सिपल नन्दकिशोर भट्ट, कलेजका भ्वाइसप्रिन्सिपल बबिता घिमिरे, राधा ढकाल लगायतले बोलेका थिए।

    सो अवसरमा उत्कृष्ट अङ्क ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजले विपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाइ सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाइका लागि तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार