Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्याे सुनचाँदीको मूल्य

बढ्याे सुनचाँदीको मूल्य

बिहिवार, चैत्र २४ २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १० रुपैयाँले बढेर आएर एक हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार