Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

महाकुम्भकी भाइरल मोनालिसाले कमाइन सातामै ३४ लाख, अब ज्वलेरी ब्रान्डिङमा

महाकुम्भकी भाइरल मोनालिसाले कमाइन सातामै ३४ लाख, अब ज्वलेरी ब्रान्डिङमा

आर्थिक पत्र
बुधवार, माघ ३० २०८१
  • मुम्बइ। महाकुम्भ २०२५ मा माला बेच्न आएकी एक युवती आफ्नो आँखा र प्राकृतिक सौन्दर्यका कारण रातारात भाइरल भइन् ।

    उनको लोकप्रियता यति बढ्यो कि उनी कुम्भ छोडेर मध्य प्रदेशमा आफ्नो घर फर्किनु पर्यो। उनको लोकप्रियताका कारण उनको एउटा फिल्म छ र यसको सुटिङ अब १२ फेब्रुअरीबाट दिल्लीको इन्डिया गेटबाट हुनेवाला थियो ।

    तर, त्यहाँ सुटिङको नुमति नपाए पछि फिल्मको छायांकन अहिलेका लागि स्थगित गरिएको छ । यति मात्र होइन, फिल्मसँगै धेरै ब्रान्ड पनि उनको नजिक रहन थालेका छन् । हो, हामी हामी कैला आँखा भएकी महाकुम्भकी भाइरल मोनालिसाको कुरा गर्दैछौं। महाकुम्भको भाइरल गर्ल मोनालिसाले यस्तै एउटा ब्रान्डलाई बचन दिएकी छन ।


    मोनालिसाको फिल्मको प्रमोशन हेरिरहेका टोलीले एउटा ठूलो ज्वेलरी ब्रान्डले सम्पर्क गरेको बताएको छ । यसका लागि उनलाई १५ लाख रुपैयाँ पनि दिइँदैछ । यस सम्झौता अन्तर्गत मोनालिसा पनि १४ फेब्रुअरीमा यस ब्रान्डको एक कार्यक्रममा सहभागी हुन केरला जादैँ छिन् । यसरी महाकुम्भकी भाइरल गर्लले अर्को ठूलो प्रोजेक्ट हात पारेकी छिन् ।


    महाकुम्भबाट फर्किएपछि मोनालिसा युट्युबमा पनि सक्रिय भएकी छिन् र त्यहाँ भिडियो बनाइरहेकी छिन्, जसलाई निकै रुचाइएको छ । मोनालिसाको डेब्यु फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । मोनालिसाको यो फिल्मलाई सनोज मिश्रले निर्देशन गर्दैछन्, जसले उनलाई आफ्नो गाउँ पुगेपछि फिल्म ‘डायरी अफ मणिपुर’का लागि साइन गराएका हुन् । चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । मोनालिसाले फिल्मका लागि करिब २१ लाख पारिश्रमिक लिएको बताइएको छ । उनलाई हस्ताक्षर रकम १ लाख दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार