Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

रौतहटका सात पालिकामा निःशुल्क शिविर आयोजना, ३५ सयको आँखा जाँच

रौतहटका सात पालिकामा निःशुल्क शिविर आयोजना, ३५ सयको आँखा जाँच

आर्थिक पत्र
शुक्रवार, फाल्गुण २ २०८१
  • रौतहट - रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्।

    images

    शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ।

    गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल निजगढ  र वीरदल गणको संयुक्त आयोजनामा सात पालिकामा सञ्चालन गरिएको हो। निःशुल्क शिविरमा कुल ३ हजार ५१० जना बिरामीको आँखा स्क्रिनिङ तथा जाँच गरिएको थियो।

    कटहरिया, गरुडा, राजपुर, गुजरा, गढीमाई, पर्रोहा, र चन्द्रपुर नगरपालिकामा भएको जाँचमा मोतिबिन्दु भएका ५८१ बिरामीको गरुडा महमदपुरस्थित स्वास्थ्य केन्द्रमा केही दिनअघि शिविर सञ्चालन गरी निःशुल्क अप्रेसन गरिएको कर्णेल अधिकारीले जानकारी दिएका छन्।

    निःशुल्क शिविर सम्पन्न गराउन सहयोगीहरु गरुडाका मेयर कन्थमणि जैसवाल, कटहरियाका मेयर अजय प्रकाश जैसवाल, गुजराका मेयर सन्तलाल चौधरी, परोहाका मेयर शेख वकील, राजपुरका मेयर महमद राजिक आलम, चन्द्रपुरका मेयर सञ्जय काफ्ले र गढीमाइका मेयर श्यामबाबु यादवलाई वीरदल गणका गणपति कर्णेल अधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

    कर्णेल अधिकारीको सक्रियतामा रौतहटमा विभिन्न किसिमका जनमुखी रचनात्मक काम हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार