Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

आर्थिक पत्र
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

    दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई  स्थानमा हल्का वर्षाको  सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार