Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाको आवश्यक

नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाको आवश्यक

आर्थिक पत्र
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौँ। नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिता द्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।

    प्रहरी निरीक्षक तर्फ ७७ जना र प्रहरी सहायक निरीक्षक तर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ । विशेष सूचनामा भनिएको छ– सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर ०७८–डब्ल्यूओ–०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९।१०।२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाए पछि कायम हुन आउने कूल पदहरू मध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. २०७९।८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भए बमोजिम गर्ने गरी हाललाई प्रचलित कानुन बमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार