Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

वीरगञ्जको घण्टाघरमा लागेको नारा- 'यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’

वीरगञ्जको घण्टाघरमा लागेको नारा- 'यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’

आर्थिक पत्र
बिहिवार, फाल्गुण १५ २०८१
  • वीरगञ्ज । सिमेन्टको चर्को मूल्यको विरुद्ध नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारीको नेतृत्वमा बिहीबार वीरगञ्जमा पृथक् शैलीमा बिरोध प्रदर्शन गरिएको छ । 

    वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रदर्शन माईस्थान, आदर्शनगर अलखिया मठ बाट ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । मधेस प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका रहबरले सिमेन्टको मूल्यमा भएको कार्टेलको विरुद्धमा ध्यानाकर्षण गराउन सडकमा उत्रिनुपरेको बताए । 

    उनले भने, ‘सिमेन्टको मूल्य आकासिएको छ, हामी नेपाली जनतालाई लुट्ने र ठग्ने काम भइरहेको छ । भारतमा प्रतिबोरा २ सय ८० रुपैयाँमा निर्यात नेपाली सिमेन्ट नेपालीले भने ८ सय रुपैयाँ तिर्नुपरी रहेको छ । यसले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको छ ।’ उनले थपे, ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा । 

    सिमेन्टको मूल्यकै कारण ४ कोठे घर बनाउनका लागि १० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आएको उनले दाबी गरे । सिमेन्टको मूल्यमा भइरहेको सिन्डिकेटले गर्दा यहाँका निर्माण व्यवसायीदेखि मजदुरसम्मको काम प्रभावित भएको अन्सारीको भनाई छ ।उनले थपे, ‘यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् ।’ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न उनले अपिल गरे ।

    बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए । यसअघि नै उनले सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेल विरुद्ध रिट दायर गरेका छन् ।

    1.jpg

    5.jpg

    4.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार