Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आर्थिक पत्र
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

    images

    आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    त्यस्तै आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ  ।

    आगामी २४ घण्टा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार