Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने

आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने

आर्थिक पत्र
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  छ। 

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। 

    दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार