Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजवाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

आजवाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। 

    गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो । 

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए । 

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

    आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ ।

    हाल काठमाडौँ रहेका र आजसम्ममा आउन लागेका  आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिए।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार