Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

आर्थिक पत्र
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्।

    पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो।

    विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार